कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा

२०८१ पुष २४ गते बुधवार
सारांश
  • दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन् ।

रौतहट : रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । 


दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन् । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् ।

 
बनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरुले गुइँठा प्रयोग गर्दै आएको पाईन्छ । आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताएकि छिन ।

 सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गदछन ।


चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ । बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्यायो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ । 


जाडो बढेकाले बालबालिका तथा वृद्धवृद्धालाई ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यसैबिच अत्यधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरुले सामुदायिक बिद्यालयहरु बन्द गरेका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार